Breaking News
कोरोनाले विश्वभर २० लाख भन्दा धेरै संक्रमित
०

एजेन्सी,बैशाख २-
विश्वव्यापी महामारीको रुप लिएर विश्वका अधिकांश देशमा संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर २० लाख भन्दा धेरै पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर कुल संक्रमितको संख्या २० लाख १९ हजार भन्दा बढी रहेको छ । यस्तै विश्वभर मृत्यु हुनेको संख्या एक लाख १९ हजार ४८३ रहेको छ ।
सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिलेसम्म ६ लाख ८२ हजार ६१९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै स्पेनमा एक लाख ७० हजार, इटालीमा एक लाख ५९ हजार, फ्रान्समा एक लाख ३७ हजार तथा जर्मनीमा एक लाख ३० हजार मानिसमा संक्रमसण पुष्टि भएको छ ।
बेलायतमा अहिलेसम्म ८९ हजार भन्दा बढी, चीनमा ८३ हजार भन्दा बढी, इरानमा ७३ हजार ३०३ तथा टर्कीमा ६१ हजार ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>