अन्तर्राष्ट्रिय
आँधीका कारण अमेरिकामा कम्तीमा ११ को मृत्यु
०

एजेन्सी,बैशाख १-
अमेरिकामा विनाशकारी आँधीका कारण कम्तीमा एघार जनाको मृत्यु भएको छ । देशको दक्षिणी क्षेत्रमा पर्ने मिसिसिपी राज्यमा उनीहरुको मृत्यु भएको र अन्य क्षतिको विवरण सङ्कलन हुदै गरेको अधिकारीहरुले जनाएका छन् ।
कोरोना भाइरसका कारण विश्वमै सबैभन्दा धेरै मानिसको मृत्यु भइरहेका बेलामा अमेरिकामा आँधीका कारण पनि मानवीय क्षति भएको हो ।
अमेरिकी सञ्चार माध्यमहरुले सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै सोमबार जनाएअनुसार घटना आइतबार भएको थियो । मौसम पूर्वानुमान विभागका अधिकारीहरुले थप आँधीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>