Breaking News

काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोनाको आशंका,पाटन अस्पताल भर्ना

Banner

काठमाण्डौं,बैशाख १-

काठमाडौंको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । तीनै जनाको र्‍यापिड टेष्टमा पोजेटिभ देखिएपछि अहिले ललितपुरस्थित पाटन अस्पताल भर्ना गरिएको छ ।

चैत्र ५ गते कतार एयरको विमानबाट बिहान १ बजे उनीहरु काठमाडौं आएर सनसिटी अपार्टमेन्टको पाँचौ तलमा बसेका थिए । उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको र अपार्टमेन्टको पाँचौ तला सिल गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>