चितवन विशेष

लकडाउनमा पनि बुटवल नारायणगढ सडक विस्तार हुने

Banner

चितवन,बैशाख १-

लकडाउनको समयमा पनि नारायणगढ बुटवल सडकखण्ड विस्तारको काम अघि बढाउने तयारी भएको छ । आयोजनाको पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले लकडाउनमा गर्न सकिने कामको सूची, मोडालिटी बनाएर अघि बढ्ने तयारी भएको बताए ।

आयोजनाको पूर्वीखण्ड गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर क्षेत्रमा पर्ने ९ ठूला पुलमध्ये ३ वटाको काम तत्कालै अघि बढाइने अधिकारीले जानकारी दिए । त्यसका लागि कामदार, प्राविधिक तथा सामग्री जुटाउन थालिएको अधिकारीले जानकारी दिए ।

कावासोती पूर्व र पश्चिममा एक/एक वटा तथा लोकाहा खोलामा पल निर्माण सुरु गर्ने तयारी छ । ‘सडक विस्तारमा पुलको कामलाई क्रिटिकल पार्टका रुपमा लिइन्छ, अरु कामको स्पीड दिन सकिए पनि पुलले निर्धारित समय लिन्छ’ उनले भने, ‘सडक विस्तार भइसक्दा पनि पुल सकिएन भने त्यसले आयोजना नै प्रभावित हुने भएकोले पुल बनाउन सुरु गछौं ।’

कामदार स्थानीय नै भएकोले क्वारेन्टाइनमा राखेर काम गराउन सकिने आयोजना प्रमुख अधिकारीको भनाइ छ । त्यस्तै सडकको दायाँबायाँको भाग कटिङ र पुलिङको काम मेसिन र थोरै जनशक्तिबाट पनि गर्न सकिने भएकोले यी काम पनि अघि बढाउने गरी छलफल भएको छ ।

यसै आयोजनाको पश्चिम खण्ड दाउन्नेदेखि बुटवलको राजमार्ग चौराहासम्मको ४८.५ किलोमिटर खण्डको काम भने तत्काल अघि नबढ्ने भएको छ । पश्चिमी खण्डका सूचना अधिकारी इन्जिनियर युवराज पाण्डेले कोरोना भाइरस संक्रमणको जोखिम कम नभएकाले आयोजना अघि बढाउने विषयमा छलफल नभएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>