अन्तर्राष्ट्रिय
चीनमा एक महिनापछि एकैदिन १०८ बढी संक्रमित भेटिए
०

एजेन्सी, वैशाख १ –
कोरोनाभाइरसको केन्द्रबिन्दु भएपछि चीनमा पछिल्लो एक महिनामा चमत्कारिक रुपमा संक्रमित र मृतकको संख्या कम भएको छ । यहाँका विभिन्न स्थानमा लागू गरिएका लकडाउन पनि खोलिएको छ ।
तर, चीनमा एकैदिन १०८ नयाँ संक्रमित भेटिएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । यो पछिल्लो एक महिनामा एकैदिन सय बढी संक्रमित देखिएको पहिलो पटक हो ।
संक्रमितमध्ये ९८ जनाले विदेशबाट नै संक्रमण बोकेर ल्याएको बताइएको छ ।
यद्यपि, तीमध्ये १० जना स्थानीय रुपमै संक्रमित भएका थिए जसमध्ये सातजना हेलोङझियाङ प्रान्तका छन् भने तीनजना गुवाङदोन प्रान्तका छन् ।
चीनमा हालसम्म ८२ हजार १ सय ६० जना संक्रमित छन् भने ३ हजार ३ सय ४१ को मृत्यु भइसकेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>