राजनीति
कोरोनाको महामारी नसकिएसम्म पारिश्रमिक नलिने प्रधानमन्त्रीको घोषणा
०

काठमाडौं,बैशाख १-
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको महामारी समाप्त नभएसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन् । उनले आफ्नो पारिश्रमिक प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।
नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी समाप्त नहुन्जेलसम्म पारिश्रमिक नलिने निर्णय गरेको जानकारी दिएका हुन् ।
आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>