चितवन विशेष

कोरोना रोक्न नेकपा रत्ननगरले पार्टीपंक्ति परिचालन गर्ने

Banner

चितवन, चैत ३०–

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रत्ननगर नगरकमिटीले कोरोना भाइरस नियन्त्रण र विपन्नलाई राहत वितरण गर्ने कार्यमा सम्पूर्ण पार्टीपंक्ति परिचालन गर्ने भएको छ । नगरकमिटीले आइतबार एक विज्ञप्ती जारी गरी कोरोना भाइरस नियन्त्रण, यसको अन्त्य र विपन्न परिवारलाई राहत उपलब्ध गराउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ता परिचाल गर्ने भएको हो ।

कोरोना नियन्त्रणको लागि केन्द्र सरकार र स्थानीय सरकारले सञ्चालन गर्ने हरेक क्रियाकलापमा पार्टीका नेता तथा कार्यकर्ताहरुले सहयोग गर्ने विज्ञप्तीमा जनाइएको छ । नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओम लामिछानेद्धारा हस्ताक्षरित विज्ञप्तीमा नगर भित्र कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापन, संक्रमण फैलिन नदिने उपाय र राहत व्यवस्थापन र वितरणको प्रक्रियामा पार्टीका नेता तथा कार्यकर्ताहरुले नजिकबाट सहयोग गर्ने, आम जनसमुदाय तथा नगरबासीलाई आत्मबल प्रदान गर्ने कार्यमा लाग्ने लाग्न निर्देशन गरिएको छ ।

नेकपा रत्ननगरले क्वारेन्टाईन संचालन र ब्यवस्थापनको अलावा संक्रमण भइहालेमा बिरामीहरुको उपचारलाई सुब्यवस्थित तथा प्रभावकारी बनाउनु पर्ने संभावनालाई मध्यनजर गरि राहत वितरणको वस्तुपरक समिक्षा गर्न, कोरोनको प्रकोप बढ्न नदिन र संक्रमण भइहालेमा बिरामीको स्वास्थ्य उपचारलाई तदारुकता पूर्वक सहज, भरपर्दो र विश्वसनीय बनाउन तथा स्थानीय संघ सस्था, सामाजिक ब्यक्तित्व, राजनीतिक दलहरु र जनप्रतिनिधिहरु बीचको समन्वयलाई शसक्त बनाएर परिचालन गर्न नगरपालिकालाई आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>