Breaking News
बाग्लुङमा एक महिलाको कोरोना र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ, थप परीक्षण गर्न स्वाब पोखरा पठाइयो
०

बाग्लुङ, चैत ३०–
बाग्लुङमा एक महिलाको कोरोना र्यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको छ । उनको थप परीक्षणका लागि स्वाब संकलन गरी पोखरा पठाइएको छ ।
भारतबाट तीर्थयात्रापछि फर्किएकी ती महिला चैत ७ गते माइक्रो बस चढेर बागलुङ गएकी थिइन् । चैत ६ गते भारतबाट तीर्थयात्रा सकेर फर्किएकी ६५ वर्षीया ती महिलाको स्वाबको थप रिपोर्ट लिएपछि मात्र प्रष्ट भन्न सकिने जिल्लाका अधिकारीले बताएका छन् । उनलाई काठेखोला गाउँपालिकाको क्वारेन्टाइनमा राखिने भएको छ । उनको परिवारका अन्य सदस्यहरुको भने नेगेटिभ रिपोर्ट आएको बताइएको छ ।
विदेशबाट फर्किएकाहरुको पहिचान गर्दै बाग्लुङमा ८५८ जनाको र्यापिड टेस्ट गरिएको छ । उनीहरुमध्ये एक जना बाहेक ८५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>