Breaking News
चितवनमा चिकित्सक, स्वास्थ्यकर्मीसहित ३० जनाको कोरोना परीक्षण हुँदै
०

चितवन, चैत ३०–
चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा सुरुवातदेखि नै अग्रभागमा उभिएर उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मीहरुको कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरिएको छ ।
आज (आइतबार) अस्पतालको स्थापनादेखि नै खटिएका भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष एवंम वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका नाक, कान,घाँटी विशेषज्ञ डा.अनिल विक्रम कार्कीलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको थ्रोट स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भरतपुर कोभिड–१९ प्रयोगशालामा पठाइएको छ ।
आइतबार चिकित्सक, स्वास्थ्यकर्मीसहित कुल ३० जनाको नमूना परीक्षण भइरहेको कोरोना अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>