Breaking News

नेपालको आर्थिक बृद्धिदर ब्यापक घट्ने विश्व बैंकको प्रक्षेपण

Banner

काठमाडौँ, चैत ३०-

विश्व बैंकले कोरोना भाइरसको दुष्प्रभावका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशत देखि २.८ प्रतिशतको बीचमा रहने प्रक्षेपण गरेको छ ।

बहुपक्षीय ऋणदाता बैंकले आफ्नो यसअघिको प्रक्षेपणलाई संशोधन गर्दै आर्थिक वृद्धिदर ब्यापक घट्ने अनुमान गरेको हो । विश्व बैंकले सामान्य अवस्थामा चालु आर्थिक वर्षमा नेपालले ६.४ प्रतिशतको वृद्धिदर हासिल गर्ने अनुमान गरेको थियो । गत आर्थिक वर्षमा नेपालले ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो ।

बैंकले साउथ एशिया इकोनोमिक फोकस रिपोर्ट सार्वजनिक गर्दै आगामी दुई आर्थिक वर्षमा पनि नेपालमा आर्थिक बृद्धिदर न्यून रहने आँकलन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा आर्थिक वृद्धिदर १.४ प्रतिशतदेखि २.९ प्रतिशतसम्म हुनसक्ने बैंकको प्रक्षेपण छ ।

त्यस्तै, आर्थिक वर्ष २०७८÷७९ मा पनि वृद्धिदर २.७ प्रतिशतदेखि ३.६ प्रतिशतको बीचमा रहने प्रक्षेपण छ । कोराना प्रभाव छिट्टै सकिएर अर्थतन्त्र पुनर्जागत हुने अनुमानका विपरित विश्व बैंकले लगातार तीन वर्ष आर्थिक वृद्धिदर न्यून रहने अनुमान सार्वजनिक गरेको हो ।

रेमिटेन्स आप्रवाहको कमी, ब्यापार र पर्यटन क्षेत्रमा गिरावट तथा भन्सार सीमामा अवरोधका कारण आर्थिक वृद्धिदर घट्ने विश्व बैंकले अनुमान गरेको हो ।

विश्व बैंककले कोरोना भाइरसको प्रभावका कारण न्यून आय भएका खासगरी अनौपचारिक क्षेत्रका कामदार बढी प्रभावित हुने बताएको छ । यसले नेपाल सहित दक्षिण एशियामा असमानतालाई थप बढाउने छ । न्यून आय भएका ठूलो संख्याका श्रमिक शहरबाट गाउँ फर्किने क्रम बढेर गरिबीको दर ह्वात्तै बढाउन सक्ने चिन्ता पनि बैंकले गरेको छ ।

विश्व बैंकले कोरोना भाइरसले निम्त्याएको अप्ठ्यारोसँग जुध्न अल्पकालमा सरकारहरुले बेरोजगार श्रमिकका लागि काम, उद्यम तथा व्यवसायमा कर्जा मिनाहा तथा अन्तरक्षेत्रीय आयात निर्यातको बढावाका लागि भन्सारमा सहजताको नीति अघि सार्न सुझाव दिएको छ । सरकारहरुले विस्तारकारी वित्तीय नीति र मौद्रिक उपकरणहरु अघि सार्न पनि सुझाव दिएको छ ।

रिपोर्टले सन् २०२० मा दक्षिण एशियाको आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ । यो वर्ष सबैभन्दा धेरै श्रीलंकाको अर्थतन्त्र ८.५ देखि १३ प्रतिशतसम्मले नकारात्मक वृद्धि हुनसक्ने अनुमान गरेको छ ।

कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>