Breaking News
कोरोना भाइरसः २४ घण्टामा ८० हजार २१८ नयाँ संक्रमित थपिए, ६ हजार ८३ ले ज्यान गुमाए
०

काठमाडौं,चैत ३०-
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । बितेको २४ घण्टाको अवधिमा मात्रै ८० हजार २१८ नयाँ संक्रमित थपिएको छन् । यो हिजोको भन्दा बढी हो ।
त्यस्तै एकैदिन ६ हजार ८३ जनाले ज्यान गुमाएका छन् । उनीहरुसँग अब कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ७७० पुगेको छ । संक्रमितमध्ये ४ लाख २ हजार ७०९ जना उपचारपछि निको भएर फर्किएका छन् । अहिले निको भएर फर्कनेहरुपनि संक्रमित हुने क्रम बढ्न थालेको चिकित्सकहरुले बताएका छन् ।
अहिले १२ लाख ६७ हजार ६२० जना कोरोना संक्रमित विभिन्न अस्पतालमा उपचाररत छन् । जसमध्ये ५० हजार ५८४ जनाको अवस्था गम्भीर छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा बढी फैलिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>