समाज

भारतबाट कोरोना भित्रिन नदिन सरकारले सिमामा १६ सयबढि सुरक्षाकर्मी थप्यो

Banner

काठमाडौं,चैत २९-

सशस्त्र प्रहरीले कोरोना भाइरस संक्रमित व्यक्ति नेपालमा भित्रिन नदिन प्रदेश नं २ को सीमा क्षेत्रमा कडाइ गरिएको जनाएको छ । लकडाउनमा पनि खुल्ला सीमाबाट मानिस भित्रिन सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले प्रदेश नं २ मा संगठनको जनशक्तिलाई बोर्डर इलाकामा केन्द्रित गरेको छ । सशस्त्र प्रहरी जवान आधारभूत तालिमरत प्रशिक्षार्थी, सशस्त्र प्रहरी बल प्रधान कार्यालय र अन्य प्रदेशबाट समेत १ हजार ६ सय बढि जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

प्रदेश नं २ मा ४६४ किलोमिटर खुल्ला सिमाना छ । लकडाउनअघि ११० स्थानमा ५५० जनाको ड्युटी सीमाक्षेत्रमा परिचालन गर्ने गरिएको थियो । लकडाउनपछि प्रदेश नं २ का ४२५ स्थानमा १ सिफ्टमा २ हजार २०८ जनशक्ति परिचालन गरिएको बाहिनीमा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक तिलकबहादुर खड्काले जानकारी दिए ।

प्रदेश नं २ को ४६४ किलोमिटर खुल्ला सिमानामा लकडाउनअघि ११० स्थानमा ५५० जनाको ड्युटी थियो । लकडाउनपछि २ हजार २०८ जनशक्ति खटाइएको छ । त्यसबाहेक गाडी मोबाइल, मोटरसाइकल, साइकल तथा पैदल गस्ती, आकस्मिक चेकजाँच र इन्टिलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>