समाचार
प्रधानमन्त्री ओलीको सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स
०

काठमाडौँ, २९ चैत-
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्स गरेका छन् ।
उनको सचिवायलका अनुसार उनले कोविड १९ को रोकथामका प्रयासबारे मुख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । उनले सिंहदरबारबाट यस्तो भिडियो कन्फरेन्स गरेका हुन् ।
बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरु, प्रदेश १ का शेरधन राई, प्रदेश २ का लालबाबु राउत, प्रदेश ३ का डोरमणि पौडेल, प्रदेश ४ का पृथ्वी सुब्बा गुरुङ, प्रदेश ५ का शंकर पोखरेल, प्रदेश ६ का महेन्द्र शाही र प्रदेश ७ का त्रिलोचन भट्ट सहभागी थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>