Breaking News

नेपाल ल्याउन लागिएको ३० टन स्वास्थ्य सामग्री चीनमै थन्कियो

Banner

काठमाडौं, चैत २८-

केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपालले कोरोना उपचारसँग सम्बन्धित स्वास्थ्य सामग्री चीनको ग्वान्झाओबाट ल्याउन तयार पारेको थियो ।

तर, चीनले निर्यातसम्बन्धी नीति परिवर्तन गरेपछि नेपाल ल्याउन लागिएको करिब ३० टन स्वास्थ्य सामग्री चीनमै रोकिएको छ । अहिले चीनभित्र स्वास्थ्य सामग्री बेच्ने अनुमति पाएका कम्पनीले मात्रै अन्य मुलुकमा ती सामग्री निर्यात गर्न पाउने भएका छन् ।

ती सामग्री लिन नेपाल वायु सेवा निगमको वाइडबडी विमान शुक्रबार साँझ ८ बजे चीन जाने तयारी गरिएको थियो ।

चीनले पछिल्लो सयममा स्वास्थ्य सामग्री निर्यात नीतिमा गरेको परिवर्तनको कारण ती सामग्री ल्याउन थप केही दिन लाग्ने भएको स्रोतले जनाएको छ । नयाँ नियमअनुसारका थप काजगात बुझाउन पर्ने र प्रशानिक काम गर्नु पर्ने भएकाले आज (शुक्रबार) विमान त्यसतर्फ जाने छैन ।

चिनियाँ स्वास्थ्य सामग्रीको गुणस्तरबारे युरोपेली मुलुकहरुमा प्रश्न उठेपछि चीनले ती सामग्री निर्यातसम्बन्धी नियम परिवर्तन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>