चितवन विशेष

पूर्व अर्थमन्त्री पाण्डेले बोस्टनका विद्यार्थीलाई अनलाइन सम्बोधन गर्ने

Banner

चितवन,चैत २८-

चितवन क्षेत्र नं. १ का सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भरतपुरको बोस्टन इन्टरनेशनल कलेजका विद्यार्थीलाई अनलाइन मार्फत गेष्ट लेक्चरका रुपमा सम्बोधन गर्ने भएका छन् । लकडाउनको समयमा कलेजले विद्यार्थीका लागि अनलाइन कक्षा संचालन गरिरहेको छ । चैत २९ गते दिउसो २ देखि ३ बजेसम्म अनलाईन मार्फत व्यवस्थापन (एमविए) का विद्यार्थीलाई अनलाइन सम्बोधन गर्ने कलेजका कार्यकारी निर्देशक राजु तामाङले जानकारी दिए ।

लकडाउनकै विचमा पनि प्रविधि मार्फत जोडिएर विद्यार्थीको अध्यापनलाई नियमित बनाएको उनले बताए । कोरोना भाइरस (कोभिड १९) ले ल्याउने आर्थिक संकट तथा नेपालमा वित्तिय र बजेट नीति कार्यान्वयनका जटिलताका सम्बन्धमा नेता पाण्डेले विद्यार्थीलाई प्रशिक्षित गर्नेछन् ।

नेपालका सफल अर्थमन्त्रीका रुपमा परिचित पाण्डे अर्थतन्त्रका विज्ञ समेत हुन् । अर्थ राजनीति र विकास नीतिका बारेमा पाण्डेले नियमित लेखहरु लेख्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>