जोडिनुहोस
  • होमपेज
  • भोकै पेटमा हिडिरहेका यात्रुहरुलाई चितवनका युवाहरुले यसरी खुवाउँदैछन् खाना (भिडियो रिपोर्ट)

भोकै पेटमा हिडिरहेका यात्रुहरुलाई चितवनका युवाहरुले यसरी खुवाउँदैछन् खाना (भिडियो रिपोर्ट)

चितवन, चैत २८–

चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गरेपछि धेरै मानिस आफू कार्यरत स्थानमै रोकिए । सबैभन्दा धेरै संघीय राजधानी काठमाडौंमा लकडाउनका कारण धेरै मजदुर अलपत्र परे । दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गरिरहेका मजदुरहरु अहिले खाद्यान्न जोहो गर्न नसक्दा हिडेरै आफ्नो गाउँफर्कन बाध्य भएका छन् । अहिले दिनहुँजसो काठमाडौं र पूर्वदेखि पश्चिमका मानिसहरु हिडेरै आफ्नो गन्तव्यमा जान थालेका छन् । त्यसरी तीन चार दिन लगाएर चितवन आइपुग्ने मानिसहरुलाई धेरैजसो भोकै भेटमा भेटिन्छन् । यही अवस्थालाई ध्यानमा राखेर चितवनका युवाहरुले खुवाउन खुवाउने अभियान सुरु गरेको छन् ।

नेपाली युवा उद्यमी मञ्च चितवनका युवाहरुले नारायणगढस्थित पुलचोकमा टेण्ट टाँगेर खाना खुवाउँदै आइरहेको छन् । चैत २३ गतेदेखि नै उनीहरुले बाटोमा हिडिरहेकाहरुलाई बोलाएर खाना खुवाउँदै आइरहेका छन् । मञ्चका अध्यक्ष दाताराम घिमिरेले निकै पिडादायी अवस्थामा विपन्न व्यक्तिहरु हिडेरै गन्तव्यमा पुगेको देखेर खाना खुवाउन थालेको बताए । उनले भने–‘धेरै कठिन अवस्थामा मजदुरहरु भोकै पेटमा टाँढा टाँढा जाँदै गरेको देखे, त्यस्तो अवस्था देखेपछि हामी दैनिक खाना खुवाउने निर्णमा पुगेका हौं ।’

उनले लकडाउन अवधिसम्म यसरी नै निःशुल्क रुपमा खाना खुवाउने बताए । युवाहरुले हालसम्म एक हजार भन्दा बढीलाई निःशुल्क रुपमा खाना खुवाइ सकेका छन् । उनीहरु विहानदेखि राती १० बजेसम्म खाना खुवाउदै आइरहेका रहेका छन् । नाराणगढको पुलचोकमै बसेर युवाहरु कृष्ण सापकोटा, गोपाल गौतम, सूर्यभक्त अधिकारी, गुणराज दाहाललगायतले दिनहुँ यसरी नै खाना खुवाइरहेका छन् ।

हेरौं भिडियो रिपोर्टः

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका