अन्तर्राष्ट्रिय

बेलायतमा १०१ वर्षका बृद्ध जसले जिते कोरोनालाई

Banner

एजेन्सी,चैत २८-

विश्वव्यापी महामारीको रुप लिएर अहिले विश्वभर संकटको अवस्था सिर्जना गरेको कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी जोखिम पाको उमेरका व्यक्तिमा हुन्छ ।

चीन तथा अमेरिकामा भएका अध्ययन तथा विश्वभरबाट प्राप्त भएका तथ्यांकका विश्लेषणमा कोरोना भाइरसको संक्रमणबाट गम्भीर बिरामी पर्ने तथा मृत्यु हुने जोखिम पाको उमेरका व्यक्तिमा बढी हुने देखिएको छ ।

तर बेलायतको वोरसेस्टरशायरका १०१ वर्षका व्यक्तिले कोरोना भाइरसलाई जितेका छन् । १०१ वर्षका किथ वाट्सनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनलाई कोरोना भाइरसको संक्रमण भएको थियो । तर उनले कोरोना भाइरसलाई जितेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>