चितवन विशेष

चितवनकी पार्वती मल्लद्धारा चैत महिनाको घर भाडा मिनाहा

Banner

चितवन, चैत २७–

चितवन भरतपुर–१२ निवासी पार्वती मल्ल ठकुरीले एक महिनाको भाडा मिनाहा गरेकी छिन् । विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नेपालमा पनि देखिएपछि अहिले भाडामा बस्नेहरु समस्यामा परेका छन् ।

व्यापार व्यवसाय ठप्प पारेर घरमै बस्नुपर्ने बाध्यता सिर्जना भएपछि भाडामा बस्नेहरु समस्यामा छन् । यही समस्यालाई मध्यनजर गर्दै ठकुरीले भरतपुर–१६ लाहुरे चोकमा रहेको आफ्नो घरको भाडा मिनाहा गरेकी हुन् । उनको घरमा दुई वटा पसल रहेको छ भने तीन परिवार बस्दै आइरहेका छन् । ठकुरीले नारायणी अनलाइनसंग भनिन्–‘कोरोनाले अहिले भाडामा बस्नेहरु धेरै बढी प्रभावित छन्, काम गरेर खानुपर्ने अवस्थामा व्यापार व्यवसाय नै चौपट भएपछि मैले थोरै सहयोग गरेकी हुँ ।’

उनले अहिलेका लागि चैत महिनाको पुरा भाडा मिनाहा गरेपछि परिस्थिति अनुसार अरु निर्णय गर्ने बताइन् । ‘अहिलेलाई चैत महिनाको भाडा मिनाहा गरेकी हुँ, पछि के हुन्छ सोही अनुसार सहयोग गर्नेछु ।’

सरकारले पनि घरधनीहरुलाई भाडा छुट गर्न आग्रह गरेको छ । व्यवसायीहरुले यस्तो अवस्थामा भाडा तिर्न नसक्ने भन्दै मिनाहा या छुटको माग गर्दै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>