चितवन विशेष

भरतपुर ११ का टोलटोलमा राहत वितरण,सेल्फी र फोटो खिच्न रोक

Banner

चितवन,चैत २७-

भरतपुर महानगरपालिकाको सबैभन्दा ठूलो वडा नं. ११ मा लकडाउन प्रभावितका लागि राहत वितरण गरिएको छ । विश्वव्यापी महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन गरेपछि समस्यामा परेका दैनिक काम गरेर गुजारा चलाउनेहरुका लागि वडाले राहत वितरण गरेको हो ।

वडा भित्रका २८ टोल विकास संस्थाका ११ सय ५९ घरधुरीलाई राहत वितरण गरिएको वडाध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । उहाँले वडामा विपन्न वर्गका नागरिकको पहिचान गरेर राहत वितरण गरिएको हो । राहत वितरणमा गणेशधाम संरक्षण तथा संबद्र्धन समिति,नवजागृती सामुदायीक बन र अन्य दाताहरुको समेत सहयोग गरेका छन् ।

वडा मार्फत २ जनाको परिवारलाई ७ किलो चामल, ३ देखि ५ जनाको परिवारलाई १० किलो, ६ देखि १० जनाको परिवारलाई १५ किलो र त्यसभन्दा माथिको परिवारलाई २० किलो चामल वितरण गरिएको छ । सबैलाई दाल,तेल,नुन र नुहाउने साबन समेत वितरण गरिएको अधिकारीले बताउनुभयो ।

वडाले टोलवासीलाई राहत वितरण गर्ने जिम्मा टोलविकास संस्थालाई दिएको छ । साथै राहत वितरणका क्रममा सेल्फी र फोटो नखिच्न निर्देशन दिएको छ ।

सबै टोल विकास संस्थासंगको समन्वयमा तथ्याङक संकलन गरेर राहत वितरण गरिएको हो । वडाले राहत वितरण गरेपछि स्थानिय खुसी भएका छन् । उनिहरुले समस्याको वेला राहत बाँडेर सरकार भएको अनुभूति दिलाएको बताए ।

यसअघि राहत वितरणका लागि वडाले कोटेशन आब्हान गरेर सर्वदलिय छलफल मार्फत मुल्याङकन गरि खरिद गरिएको थियो । राहत वितरण गर्न जनप्रतिनिधि सँगै वडाका राजनीतिक दलका प्रतिनिधि सरोकारवालाको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>