Breaking News
अवैतनिक महावाणिज्यदूतको सुविधा खोसियो, अब निलो नम्बर प्लेट र झण्डा प्रयोगमा प्रतिबन्ध
०

काठमाडौँ, २७ चैत–
कार्यालय प्रयोजनका लागि प्रदान गरिएको निलो नम्बर प्लेट र झण्डाको सुविधा केही अवैतनिक महावाणिज्यदूतले दूरुपयोग गरेको पाइएको भन्दै परराष्ट्र मन्त्रालयले ती सेवामा तत्कालका लागि प्रतिबन्ध लगाएको हो ।
कालोबजारीमा संलग्न भएको अभियोगमा कीर्गिस्तानका लागि अवैतनिक महावाणिज्यदूत सुलभ अग्रवाल मंगलबार पक्राउ परेका थिए ।
त्यसपछि परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर तत्काल लागु हुने गरी निलो नम्बर प्लेट तथा झण्डाको विशेष सुविधा अनिश्चितकालका लागि रद्द गरिएको जनाएको हो ।
अग्रवालले ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गर्ने गरेको सूचना पाएलगत्तै प्रहरीले ‘जरुरी पक्राउ पुर्जी’ जारी गरी मंगलबार नक्सालबाट उनलाई पक्राउ गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>