अन्तर्राष्ट्रिय
बेलायतमा कोरोनाले एकै दिन ९ सय बढीको मृत्यु
०

एजेन्सी,चैत २७-
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण बेलायतमा पनि तीव्र देखिएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ९३८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ९७ पुगेको छ ।
कोरोना भाइरसबाट संक्रमितको संख्या ६० हजार ७३३ पुगको छ । जसमा एकै दिन ५ हजार ४९१ जना संक्रमित भएको जनाइएको छ ।
बेलायतमा संक्रमितमध्ये १३५ जना उपचारपछि निको भएका छन् । १ हजार ५६९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>