अन्तर्राष्ट्रिय
कोरोना भाइरसले इटलीमा १७ हजार ६६९ जनाको मृत्यु
०

एजेन्सी,चैत २७-
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा बढी अमेरिकामा रहेपनि ज्यान गुमाउनेको संख्या भने इटालीमा सबैभन्दा धेरै रहेको छ । बुधबारसम्म इटालीमा ज्यान गुमाउनेको संख्या १७ हजार ६ सय ६९ पुगेको छ ।
इटालीमा एकैदिन ५४२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १७ हजार ६६९ पुगेको हो । इटालीमा एकैदिन ३ हजार ८३६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार ४२२ पुगेको छ ।
इटालीमा संक्रमितमध्ये २६ हजार ४९१ जना उपचारपछि निको भएका छन् । ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>