राजनीति

प्रधानमन्त्री ओलीले नेपाली श्रमिकको सुरक्षाबारे ओमान सरकारसंग कुरा गरे

Banner

काठमाडौं,चैत २६-

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ओमान सरकारका प्रतिनिधिसँग त्यहाँ रहेका नेपालीको बारेमा जानकारी लिनुभएको छ । खाडीका क्षेत्रमा कार्यरत नेपालीको अवस्था बुझ्न खाडी देशका सरकार प्रतिनिधिसँग कुराकानी गर्ने क्रममा प्रधानमन्त्री ओलीले बुधबार ओमानका हिज आइनेस शैयद फहाद वीन महमुद अल सइदसँग कुराकानी गर्नुभएको ह‍ो ।

कुराकानीका क्रममा ओमान सरकारले त्यहाँ कार्यरत नेपाली श्रमिकलाई सुरक्षा र सहयोग रहिरहने निश्चिन्त पारेको प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक ट्वीटर ह्ण्डलमार्फत जानकारी दिनुभएको छ ।

ठूलो संख्यामा नेपाली कार्यरत खाडी क्षेत्रका नेताहरुसंग संवाद गर्ने क्रममा आज साँझ मेरो ओमान सरकारका हिज हाइनेस शैयद फहाद वीन महमूद अल सइदसँग कुराकानी भयो । त्यहाँ कार्यरत नेपालीहरूलाई ओमानको सुरक्षा र सहयोग रही रहनेमा उहाँले मलाई निश्चिन्त पार्नुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>