समाचार
टाइटान एयरलाइन्स काठमाडौं अवतरण, २६८ बेलायती घर फर्कदै
०

काठमाडौं, चैत २६-
नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान बेलायतको टाइटान एयरलाइन्स जहाज नेपाल आएको छ ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार यो जहाजले पुन: काठमाडौं-दुबई हुँदै बेलायत उडान गर्नेछ । बुधबार दिउँसो १२:०५ मा अवतरण भएको यो जहाज दिउँसो १:१५ मा उडान हुने प्रवक्ता क्षेत्रीले जानकारी दिए ।
नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>