चितवन विशेष
श्री मेडिकलले दियो भरतपुर अस्पताललाई २५ थान पीपीई
०

चितवन, चैत २५–
श्री मेडिकल एण्ड टेक्निकल कलेजले भरतपुर अस्पताललाई २५ थान पीपीइ सहयोग गरेको छ ।
भरतपुर अस्पतालको ५७औ वार्षिकोत्सवको अवसरमा कलेजले सो अस्पताललाई पीपीइ हस्तान्तरण गरेको हो । करिव २ लाख बराबरको उक्त पीपीइ भरतपुर अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई हस्तान्तरण गरिएको हो ।
नेपालमा पनि कोरोना संक्रमणका बिरामी बढ्न थालेपछि उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ख्याल गर्दै पीपीई सहयोग गरिएको कलेजका अध्यक्ष सरोज ढकालले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>