Breaking News
पछिल्लो ७२ घण्टामा नेपालमा कोरोनाको नयाँ बिरामी फेला परेन
०

काठमाडौं, चैत २५–
नेपालमा पछिल्लो ७२ घण्टामा कोरोना भाइरस (कोभिड–१९)का नयाँ बिरामी फेला परेको छैन ।
स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा पछिल्लो समय नयाँ बिरामी फेला नपरेको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.विकास देवकाटाले काठमाडौंसंगै उपत्यका बाहिरका प्रयोगशालामा तीव्र रुपमा परीक्षण सुरु गरिए पनि नयाँ बिरामी भने फेला नपरेको जानकारी दिए । उनले अन्य ८ जना संक्रमित बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाए ।
नेपालमा हालसम्म ९ जनामा संक्रमण देखिएको छ भने एक जना उपचारपश्चात सुरुमै निको भइसकेका छन् । हाल ८ जना अस्पतालमा उपचाररत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>