जोडिनुहोस
  • होमपेज
  • परीक्षणको दायरा फाकिलो बनाऊ : सभापति देउवा

परीक्षणको दायरा फाकिलो बनाऊ : सभापति देउवा

काठमाडौँ, चैत २५-

नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणको तत्काल परीक्षण व्यापक बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले सुदूरपश्चिम प्रदेशका केही ठाउँमा कोरोना संक्रमितको संख्या बढेपछि यसलाई गम्भीरता साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, कैलाली र कञ्चनपुरलगायत जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन संवाद गरेपछि आफूले त्यस्तो महसुस गरेको सभापति देउवाले उल्लेख गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ, “व्यापक परीक्षण गर्न तत्काल गति बढाउनु पर्ने स्थिति छ, सरकारको ध्यानाकर्षण गराउँछु ।” रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका