



चितवन, चैत २५–
चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा हिजो (सोमबार) परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ ।
प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा.कृष्णसागर शर्माले आज विहान आएको रिपोर्टमा सबैको कोरोना नेगेटिभ रहेको नारायणी अनलाइनलाई जानकारी दिए ।
हिजो भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट १६ जना, क्वारेनटाइनबाट एक जना र समुदायबाट चार जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइको थियो । आजदेखि सबै नमुना कोरोना अस्पतालबाटै संकलन गरिने उनले जानकारी दिए ।