जोडिनुहोस
  • होमपेज
  • कर्णालीमा ७९ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

कर्णालीमा ७९ जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

सुर्खेत, चैत २४–

कर्णाली प्रदेशमा कोभिड १९ आशंकित ७९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली प्रदेश अस्पतालमा पोलिमर्च चेन रिएक्सन (पिसिआर) मेसिन सञ्चालनमा आउनुअघि ३१ जनाको काठमाडौं लगेर ‘थ्रोट स्वाब’ परीक्षण गरिएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका ल्याब फोकलपर्सन ओम आचार्यले सुर्खेतमा ४८ र काठमाडौंमा ३१ गरी हालसम्म ७९ जनाको कोभिड १९ को परीक्षण गरिएको बताउनुभयो । “स्वाब सङ्कलनका लागि पहाडी र हिमाली जिल्लामा दुई टोली खटाइएको छ, जिल्लाकै ल्याब प्राविधिकलाई यससम्बन्धी तालिम पनि दिने काम भइरहेको छ,” उहाँले भन्नुभयो, “हाल भारत र तेस्रो मुलुकबाट आएकाको स्वाब सङ्कलनमा प्राथमिकता दिएका छौं ।”–रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका