अन्तर्राष्ट्रिय
इटालीमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६ हजार ५ सय नाघ्यो
०

एजेन्सी,चैत २५–
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा पछिल्लो २४ घण्टामा ६३६ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १६ हजार ५२३ पुगेको छ ।
इटालीमा एकैदिन ३ हजार ५९९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ३२ हजार ५४७ पुगेको छ । इटालीमा संक्रमितमध्ये २२ हजार ८३७ जना उपचारपछि निको भएका छन् । ३ हजार ८९८ जनाको अवस्था गम्भीर रहेकोे छ । संक्रमितमध्ये ९३ हजार १८७ जना उपचाररत छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>