इच्छकामना
इच्छाकामनाका विपन्न परिवारलाई खाद्यान्न सहयोग

चितवन, चैत २४–
किराना व्यवसायी संघ नारायणगढ र नारायणगढ जेसीजको संयुक्त आयोजनामा इच्छाकामना गाउँपालिकाका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ ।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि खाद्यान्न अभाव भइरहेका १४ परिवारलाई खाद्यान्न वितरण गरिएको किराना व्यवसायी संघ नारायणगढका अध्यक्ष रविन्द्र श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठले गाउँपालिकाकी अध्यक्ष गीता गुरुङलाई सो खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । दैनिक मजदुरी गरी परिवार पाल्दै आइरहेका परिवारलाई एक बोरा चामल, २ किलो दाल, खाने तेल २ लिटर, मसौरा २ पोका, नुन २ पोका, जिरा १ पोका, मसाला १ पोका, लुगा धुने साबुन २ वटा र डिटोल साबुन २ वटा प्रदान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
खाद्यान्न वितरण कार्यक्रममा जेसीजका निवर्तमान अध्यक्ष विकासमान श्रेष्ठलगायत सहभागि थिए ।