देश/प्रदेश

तीव्र दवाबपछि नेकपा सचिवालय बैठक भोलि बस्दै

Banner

काठमाडौं, चैत २४–

नेताहरुको तीब्र दवाबपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भोलि (मंगलबार) सचिवालय बैठक बस्ने भएको छ ।
कोभिड १९ (कोरोना भारइस) संक्रमण नियन्त्रण र देशको पछिल्लो अवस्थाबारे छलफल गर्न नेकपाको सचिवालय बैठक भोलि ४ बजे बस्ने भएको हो ।

चीनबाट मेडिकल सामान खरिदमा अनियमितता भएको र सामाग्री किन्ने जिम्मा सेनालाई दिने निर्णयमाथि विवाद भएपछि सचिवालय बैठक बोलाउन अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब परेको थियो ।

पछिल्लोपटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन्। सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका थिए ।

पार्टीका बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका सचिवालय सदस्यहरुले सार्वजनिक रुपमै सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>