Breaking News

स्वास्थ्यमन्त्री ढकाल भन्छन् – नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च भयो

Banner

काठमाडौँ, चैत २४-

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अफ्ठ्यारो समयमा सरकारी र नीजि क्षेत्र नभनि एकतावद्ध भएर अगाडि बढ्न नीजि क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताएका छन् ।

नर्भिक इन्टरनेशनल अस्पताल तथा वसन्त चौधरी फाउण्डेशनले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझ्दै मन्त्री ढकालले कोरोना विरुद्धको लडाईमा सबै मिलेर सफलता प्राप्त गर्न र जनताको मनोबल उच्च राख्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘सरकारलाई के नीजि क्षेत्र के सरकारी क्षेत्र अफ्ठ्यारो परेको बेला हामी साथमा छौ भन्ने ऐक्यवद्धताले सरकारको मनोबल उच्च बनाएको छ । जनतालाई पनि सबै क्षेत्रबाट जुटेका सहयोगी मन र हातहरुले एक्लो छैनौँ कोरोना विरुद्धको लडाईमा सबै मिलेर एक्यवद्ध भएर परास्त गर्नुको विकल्प छैन । यसमा सफलता प्राप्त गर्न जनताको मनोबल पनि उच्च बनाउन सहयोग गरेको छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>