मनोरञ्जन
अमेरिकन आइडलको टप-२०मा पुगे नेपालका दिवेस पोखरेल
०

काठमाडौं, चैत २४-
अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको टप-२० मा पुगेका छन् – नेपालका दिवेस पोखरेल ।
पोखरेलले पछिल्लोपटक बब मार्लीको गित गाए र अघिल्ला सबैपटक झैँ तीनै जना जजहरुबाट स्टेन्डिङ ओभिएसन पाए । स्टेजमा आफुलाई आर्थन गनको उपनामले चिनाएका दिवेशले बब मार्लीको इज दिस लभ गित गाएका थिए ।
जजमध्येका सबैभन्दा अनुभवी लियोनल रिचीले दिवेशलाई टप-२० मा पुगेको निर्णय सुनाउनुअघि उनको मज्जाले तारिफ गरेका थिए । रिचिले दिवेशलाई अगाडि बढाउने निर्णय सबैभन्दा सजिलो भएको भन्दै उनको क्षमताको खुलेर तारिफ गरे । उनका अनुसार दिवेश प्रतियोगिताकै सबैभन्दा युनिक प्रतियोगि हुन् ।
काठमाडौँमा जन्मिएका दिवेश पाँच वर्षअघि मात्र अमेरिका पुगेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>