



काठमाडौं, चैत २४-
नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रक्रिया सुरु गरेको छ । आर्थिक वर्ष २०७६–७७ को बजेटमार्फत् नेपाल सरकारले १ खर्ब ९५ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । सोहीअनुसार केन्द्रीय बैंकले ऋण उठाउने प्रक्रिया सुरु गरेको हो ।
नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्बको नयाँ ऋणपत्र जारी गर्ने भएको छ। केन्द्रीय बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको हो ।
सरकारले चालु आर्थिक बर्ष १ खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउँदैछ । यसमध्ये सोमबार २५ अर्बको ऋण उठाउन लागेको हो ।
१८२ दिनको २० अर्ब र ३६४ दिनको ५ अर्बको ट्रेजरी बिल जारी गर्दैछ। यो साता ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदैछ ।
अहिले सरकारसँग करिव २०० अर्ब बचत छ। बैंकिङ प्रणालीमा हिजो साँझसम्म ९४ रुपैयाँ अधिक तरलता छ।
राष्ट्र बैंकले केही दिनअघि अनिवार्य तरलता अनुपात ४ बाट तीन प्रतिशतमा झारिदिएको छ। यसबाट बैंकिङ प्रणालीमा ३५ अर्ब अधिक तरलता उपलब्ध भएको छ ।