बलिउड/हलिउड
गायिका कनिकाको छैटौं कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
०

काठमाडौं, चैत २४–
भारतीय गायिका कनिका कपुरको छैटौं पटक गरिएको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । पाचौँ पटकसम्मको परीक्षण लगातार पोजेटिभ देखिएको थियो ।
छैटौं परीक्षण नेगेटिभ देखिए पनि उनलाई अझै अस्पताल नै राखिने भारतीय संचारमाध्यमहरुले जनाएका छन् । लगातार दुईपटकको परीक्षण नेगेटिभ देखाएपछि मात्रै अस्पतालले डिस्चार्ज गर्छ । ४८ घण्टाको अर्को परीक्षण हुनेछ । मार्च ९ मा बेलायतबाट फर्किएकी कपुरलाई कोरोना संक्रमण देखिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>