अन्तर्राष्ट्रिय
कोरोनाले २४ घण्टामा थप ४ हजार ७२८ को मृत्यु
०

काठमाडौं,चैत २४-
विश्वभर महामारीमा रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६९ हजार ४१८ पुगेको छ । विश्वका २०८ देशमा फैलिएको यो संक्रमणबाट बितेको २४ घण्टामा ४ हजार ७२८ जनाले ज्यान गुमाएका छन् ।
यो भाइरस संक्रमितको संख्या १२ लाख ७२ हजार ७३७ पुगेको छ । २४ घण्टाको अवधिमा ७१ हजार २५४ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमध्ये २ लाख ६१ हजार ४८५ जना उपचारगरि घर फर्किएका छन् । अहिले ९ लाख ४१ हजार ८३४ मा भाइरसको संक्रमण छ । उनीहरु विभिन्न अस्पताल तथा आइसोलेनमा उपचाररत छन् ।
उपचारमा रहेकामध्ये ४५ हजार ६१९ को अवस्था गम्भीर छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमणबाट सबैभन्दा धेरै अमेरिकी नागरिक संक्रमित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>