अन्तर्राष्ट्रिय
कोरोनाले बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना
०

एजेन्सी,चैत २४-
बेलायती प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका हुन् ।१० दिनअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । यति दिन बित्दा पनि लक्षण देखिएपछि पुनः परीक्षणका लागि प्रधानमन्त्री जोन्सन आइतबार बेलुका लण्डनको अस्पतालमा गएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
ज्वरोसँगै उनमा कोरोना भाइरसका अरु लक्षण पनि लगातार देखिइरहेका छन् । सावधानीका लागि डाक्टरको सल्लाह अनुसार नै जोन्सनलाई अस्पताल भर्ना गरिएको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>