अन्तर्राष्ट्रिय
भारतमा ९ मिनेट बत्ती बन्द गरेर दीप प्रज्वलन
०

एजेन्सी,चैत २३-
भारतमा आइतबार राति ९ बजे ९ मिनेट बिजुली बत्ती बन्द गरेर दियो, मैनबत्ती, टर्च तथा मोवाइलको फ्लास बालेर सार्वसाधारणले प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानप्रति ऐक्यवद्धता जनाएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाईंमा ऐक्यवद्धता जनाउनका लागि बत्ती निभाएर दिप प्रज्वलन गर्न प्रधानमन्त्री मोदीले देशबासीलाई अपिल गरेका थिए।
मोदीको सोही अपिलप्रति समर्थन जनाउँदै आज भारतभर ९ बजे ९ मिनेट बिजुली बन्द गरेर दीप प्रज्वलन गरिएको हो।प्रधानमन्त्री मोदीले समेत दिल्लीस्थित आफ्नो निवासमा दीप प्रज्वलन गरेर सबैलाई धन्यवाद दिएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>