अन्तर्राष्ट्रिय
जोड जोडले गफ गरेपछि पाँच जनाको गोली हानी हत्या
०

मस्को, चैत २३–
रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।
अनुसन्धानकर्ताका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेका थिए । मृत्यु भएकाहरुमा चार जना पुरुष र एक महिला छन् । यो घटना शनिबार राति १० बजे भएको थियो ।
राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २०० किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा उक्त घटना भएको अधिकारीहरुले बताएका छन् ।
प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको छ । (रासस÷एएफपी)
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>