Breaking News

कैलाली, कञ्चनपुर र बागलुङका यी व्यक्तिहरुको हुँदैछ र्‍यापिड टेष्ट

Banner

काठमाडौं, चैत २३–

सरकारले कैलाली, कञ्चनपुर र बाग्लुङमा क्वारेन्टिनमा रहेका सबै व्यक्तिहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने भएको छ । कैलालीबाटै नेपालमा कोरोनाको संक्रमण दोस्रो स्टेजमा प्रवेश गरेसंगै सरकारले शनिबार बसेको मन्त्रिपरिषद् बैठकबाट ¥यापिड टेष्ट गर्ने निर्णय गरेको थियो । सोही अनुसार तीन जिल्लाका व्यक्तिहरुमा ¥यापिड टेष्ट गर्ने तयारी गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्को बैठक बसेर र्‍यापिड डाइग्नोस्टिक टेष्ट टोली पठाउन लागिएको डा.देवकोटाले बताए । आज पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता देवकोटाले कैलाली र कञ्चनपुरमा क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण हुने बताए । यस्तै बागलुङमा कोराना संक्रमितको वासस्थान वरपर रहेका तथा सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गरिने उनले बताए ।

साथै चैत महिनामा आएका र उनीहरुको सम्पर्कमा आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेष्टमा गरिने डा. देवकोटाले बताए । ‘यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको पीसीआर विधिबाट यकिन गर्ने र यसको नतिजाका आधारमा अन्य क्वारेन्टाइनमा रहेका व्यक्ति र कोभिड–१९ संक्रमणको शंका लागेका व्यक्तिहरुको परीक्षण गरिनेछ,’ उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>