अन्तर्राष्ट्रिय
भारतमा कोरोनाको महामारी तीव्र, एकैदिन ४७२ कोरोना संक्रमित
०

एजेन्सी,चैत २३-
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका चार सय ७२ जनामा नयाँ संक्रमित फेला परेका छन् । भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले आइतबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका समग्र संक्रमितको संख्या तीन हजार तीन सय ७४ मा पुगेको छ ।
बीबीसी हिन्दीका अनुसार, पछिल्लो २४ घण्टामा भारतमा ११ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका सचिव लव अग्रवालले भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुगेको बताएका हुन् । भारतमा अहिलेसम्म दुई सय ६७ जना संक्रमित निको भएका छन् ।
पछिल्लो केही दिनयता भारतमा कोरोना भाइरसको महामारी तीव्र गतिमा फैलिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>