Breaking News

कोरोना नियन्त्रणमा काँग्रेसले देखायो सक्रियता, पूर्वप्रधानमन्त्रीसंग देउवाले गरे टेलिफोनमा छलफल

Banner

काठमाडौं, चैत २३–

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणसंग लड्न चाल्नुपर्ने कदम बारे अग्रसरता देखाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले सोही अनुरुप आज (आइतबार) पूर्व प्रधानमन्त्रीहरुसंग टेलिफोनबाटै छलफल गरेका छन् ।

सभापति देउवाले पूर्वप्रधानमन्त्री एवंम सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीसंग टेलिफोनमा छलफल गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सभापति देउवाले पूर्वप्रधानमन्त्रीहरूसँग टेलिफोन गरी कोरोना संक्रमणसँग जुध्न सरकारले गरेका तयारी र अब चाल्नु पर्ने कदमबारे छलफल गरेको उनले बताए । ‘सरकारले गर्ने प्रयत्न गरिराखेको छ। यस्तो बेला पदमा नभए पनि पूर्वप्रधानमन्त्रीहरूको भूमिका कुनै न कुनै रूपमा राष्ट्रलाई अभिप्रेरित गर्ने गरी साझा सन्देश दिने भन्ने पनि हो,’ शर्माले भने।

नेपालमा शनिबार मात्रै थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि सभापति देउवा गम्भिर रुपमा लागेर छलफल अघि बढाएका हुन् । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>