अन्तर्राष्ट्रिय
शक्तिशाली अमेरिकालाई चीनले दियो एक हजार भेन्टिलेटर सहयोग
०

एजेन्सी, चैत २३–
विश्वकै शक्तिशाली मुलुक हो अमेरिका । तर कोरोना भाइरस (कोभिड–१९) संक्रमणले अमेरिकालाई पनि सहयोग लिनुपर्ने अवस्थामा पु¥याएको छ ।
विश्वकै शक्तिशाली मुलुक हुनमा प्रतिस्पर्धा गरिरहेको चीनले अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य न्युयोर्कका लागि १ हजार थान भेन्टिलेटर उपलब्ध गराएको छ । न्युयोर्क राज्यका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनप्रति आभार व्यक्त गरेका छन् ।
चीनबाट पठाइएका भेन्टिलेटर शनिबार पुगिसक्ने बताए पनि अहिलेसम्म प्राप्त भइनसकेको न्युयोर्क राज्यले जनाएको छ । कोरोनाको संक्रमणदर उच्च भएपछि न्युयोर्कमा भेन्टिलेटरको अभाव छ । यही अभावबीच चीनले भेन्टिलेटर उपलब्ध गराएपछि न्युयोर्क राज्यलाई राहत मिलेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>