Breaking News

विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, १२ लाख बढी संक्रमित

Banner

एजेन्सी, चैत २३–

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्नुको साथै मृत्युदर समेत बढ्दै गएको छ । हालसम्म विश्वभर संक्रमितको संख्या १२ लाख एक हजार ९६४ बढी पुगेको छ । यस्तै यस महामारीले अहिलेसम्म ६४ हजार सात सय २७ जनाको मृत्यु भएको छ । शनिबार पनि इटली, फ्रान्स, स्पेन र अमेरिकामा मर्नेको संख्या बढेको छ ।

इटलीमा शनिबार ६८१ जनाको मृत्यु भएको छ । इटलीमा अहिलेसम्म कोरोनाले मर्नेको संख्या १५ हजार ३६२ पुगेको बीबीसीले जनाएको छ । स्पेनमा २४ घण्टामा ८०९ जनाको मृत्यु भएको छ । स्पेनमा अहिलेसम्म ११ हजार ९४७ जनाको मृत्यु भएको छ । स्पेनमा २६ अप्रिलसम्म लकडाउन गर्ने निर्णय गरेको छ ।

अमेरिकामा मर्नेको संख्या ८ हजार ४ सय नाघेको छ । सबैभन्दा बढी न्युयोर्कमा मात्रै पछिल्लो २४ घण्टामा ६३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकामा अझै मृत्युदर बढ्न सक्ने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>