जोडिनुहोस
  • होमपेज
  • लकडाउन थप्ने बारे आज निर्णय भएन, अर्को मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने

लकडाउन थप्ने बारे आज निर्णय भएन, अर्को मन्त्रीपरिषद् बैठकले निर्णय गर्ने

काठमाडौं, चैत २२–

सरकारले लकडाउन थप्ने या खोल्ने विषयमा आज निर्णय गरेन । आज (शनिबार) बसेको मन्त्रीपरिषद् बैठकले लकडाउन थप्ने या अन्त्य भन्ने बारे निर्णय नभएको सरकार प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए । उनले भने–‘लकडाउनको अवधि बारे आज निर्णय भएको छैन, हामी अर्को बैठक बसेर निर्णय गर्छौ ।’

शनिबार दिउँसोदेखि नै मन्त्रीपरिषद् बैठक बस्ने खबर सार्वजनिक भएसंगै धेरैले लकडाउन थप्ने बारे सरकारले निर्णय लिन सक्नेमा चासो व्यक्त गरेका थिए । तर सरकारले लकडाउनको अवधि बारे कुनै निर्णय नगरी हाल घोषित लकडाउनको अवधिमा यसलाई थप कडाई गर्ने निर्णय गरेको छ । सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा जान पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।

नेपालमा दोस्रो कोरोना संक्रमित बिरामी भेटिएपछि सरकारले चैत ११ गतेदेखि पहिलो चरणमा लकडाउन घोषणा गरेको थियो । पहिलो चरण सकिनै लाग्दा सरकारले दोस्रो चरणमा चैत २५ गतेसम्म लकडाउनको अवधि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका