Breaking News

विप्लव समूहले भन्योः उपचार गर्न नमान्ने अस्पताललाई कारबाही

Banner

काठमाडौं,चैत २२-

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस विरुद्ध लड्न सरकारलाई १६ बुँदे सुझाव दिएको छ। यो सम्पूर्ण मानव जातिकै लागि खतरापूर्ण रहेको ठहर गर्दै नेकपाले कोरोना नियन्त्रण र निर्मूल गर्नका लागि सरकारले विशेष पहलकदमी लिनुपर्ने बताएको छ। यसले सर्वसाधरण नागरिकका लागि स्वास्थ्य परीक्षण सुविधा गाउँगाउँमा उपलब्ध हुनुपर्ने बताएको छ।

त्यस्तै, नेकपाले कोरोना भाइरसबाट बच्ने उपायका बारेमा सबै नागरिकलाई स्पष्ट जानकारी गराउने गरी प्रचारप्रसारका काम गर्नुपर्ने, लकडाउनका बेला गाँस र बासको समस्या भएको नागरिकलाई सरकारले दैनिक खानपानको व्यवस्था गर्नुपर्ने बताएको छ।

शनिबार महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा विदेशमा फर्किन चाहाने सबै नागरिकलाई फर्काउने व्यवस्था गर्नुपर्ने र अन्तर्राष्ट्रिय उडानबाट आएका सबै नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार क्‍वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिइएको छ। त्यस्तै सो पार्टीले स्वास्थ्यकर्मीहरूका लागि पर्याप्त पिपिईको व्यवस्था, देशभित्रै औषधी उत्पादन गर्ने उद्योगहरूलाई प्रोत्साहन गर्ने लगायतका कार्य गर्न सरकारलाई सुझाव दिएको छ।

नेकपाले मेडिकल सामग्री खरिदका क्रममा अनियमितता गर्ने वा भ्रष्टाचार गर्नेलाई कानुनी कारबाही गर्न सुझाव दिइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>