समाज
कैलालीका कोरोना संक्रमित ११ गते करिब हजार जनाको भीडमा गौरीफन्टा थिए
०

धनगढी,चैत २२-
कैलालीको लम्कीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट फर्किएको खुलेको छ। सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि उनी कैलालीको गौरीफन्टा नाका भएर फर्किएको खुलेको हो।
चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा नाराबाजीमा उत्रिएको भीडमा उनी पनि सहभागी रहेको पाईएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले ११ गते गौरीफन्टा नाकाबाट गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि रहेको बुझिएको जानकारी दिए। गौरीफान्टा नाकामा ११ गते बिहान भारतबाट फर्किएकाहरुले नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै सरकार विरुद्ध नारा बाजी गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>