Breaking News
भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीसहित पाँचै जनाको कोरोना रिपोर्ट नेगेटिभ
०

चितवन, चैत २१–
चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा आज विहान मृत्यु भएकी एक युवतीसहित चितवनबाट पठाइएको पाँच जनाकै कोरोना भाइरस (कोभिड–१९) परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।
भरतपुर कोरोना अस्पतालबाट पठाइएको चार जना र आज मृत्यु पश्चात भरतपुर अस्पतालबाट पठाइएको ती युवतीको स्वाब परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ ।
बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो। कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>