चितवन विशेष

चितवनका अस्पतालहरुले पाए पीपीइ

Banner

चितवन, चैत २१–

पीपीइ बिना कोरोना भाइरस (कोभिड–१९) आशंका गरिएका बिरामीहरुको उपचारमा कठिनाइ भइरहेको बताउँदै आएका चितवनका अस्पतालहरुले व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) प्राप्त गरेका छन् ।

कोरोना नियन्त्रण कार्यदल भरतपुरले जिल्लामा रहेका अस्पतालहरुलाई व्यक्तिगत सुरक्षाका सामग्री (पीपीइ) आज (शुक्रबार) हस्तान्तरण गरेको छ । कार्यदलकी संयोजक एवंम् भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अस्पतालका प्रतिनिधिहरुलाई पीपीइ हस्तान्तरण गरे । कार्यदललाई विभिन्न समयमा प्राप्त भएका र कार्यदलले नै खरिद गरिएको पीपीइलाई आज हस्तान्तरण गरिएको हो । कार्यदलकी संयोजक दाहालले भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीलाई एक सय थान, चितवन मेडिकल कलेजका अध्यक्ष एवंम् प्रवन्ध निर्देशक प्रा.डा हरिशचन्द्र न्यौपानेलाई ५० थान, कलेज अफ मेडिकल साईन्सेस (पुरानो मेडिकल कलेज)का निर्देशक डा. मनोहर प्रधानलाई ५० थान, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायण सिंह कुवँरलाई ६० थान, भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख दिपक सुवेदीलाई ६० थान र जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ्लाई १० थान हस्तान्तरण गरिन् ।

सामग्री हस्तान्तरण गर्दै संयोजक दाहालले अहिलेको समय सरकारी र नीजि सबैको समान दायित्व भएको भन्दै कार्यदलले हेर्ने दृष्टिकोण पनि समान रहेको बताइन् । कोरोना भाईरस रोकथामको यस अभियानमा सरकारीसंगै नीजि अस्पतालहरुले सहयोग गर्दै आएको भन्दै सबै प्रती आभर प्रकट गरिन् । उनले नीजि स्वास्थ्य संस्थाहरुलाई अहिलेको परिस्थितिमा सरकारको निर्देशन अनुरुप बिरामीको भर्ना गर्न र उपचारमा संलग्न हुन आग्रह गरिन् ।

कार्यदलका सदस्य सचिब डा. भोजराज अधिकारीले दाताहरुलाई कार्यदल मार्फत सहयोग गर्न आव्हान गरिएको बताए । उनले भने–“हामीले सबैलाई एकद्धार प्रणाली मार्फत सहयोग गर्न आव्हान गरेका छौ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>